



काठमाडौं, चैत ११-
कोरोना फैलिने देशहरुको सूचीमा पछिल्लो समय अमेरिका अगाडि छ । न्युयोर्क टाइम्सका अनुसार अमेरिकाभित्र पनि न्युयोर्कमा यो भाइरस छिटो फैलिइरहेको छ । न्युयोर्क सहर अमेरिकामा कोरोना संक्रमण देखिने सहरमध्ये अग्रस्थानमा छ । त्यहाँ जाँच गराउने मध्ये २८ प्रतिशतलाई कोरोना संक्रमण देखिएको छ ।
अमेरिकामा ४ नेपालीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । तीमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन् । अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन् ।