राजनीति
चीन भन्योः कोरोना संक्रमणविरुद्ध हामी नेपालको साथमा छौं
०

काठमाडौं,चैत ११-
कोरोना संक्रमणविरुद्धको अभियानमा चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल सरकारले कोरोना विपत्तिलाई मध्यनजर गर्दै देशभर लकडाउनको घोषणा गरेलगत्तै चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको बताएकी हुन् ।
नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेलगत्तै राजदूत यान्छीले ट्वीट गर्दै नेपाललाई सहयोग गर्न चीनले मेडिकल सामाग्रीहरु मिलाउँदै गरेको र आवश्यक सहयोग गर्न तयार रहेको बताएकी छिन् । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि चीनले आवश्यक सहयोगको सूचि नेपालसँग पनि मागेको थियो । चीनले सहयोगको सूची मागेलगत्तै नेपालले केही महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुको सूची उपलव्ध गराइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>