Breaking News

अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी कोरोना संक्रमित, ५४५ को मृत्यु

Banner

एजेन्सी,चैत ११-

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु भएको छ ।

हालसम्म अमेरिकामा ४३ हाजर ४ सय ६९ जना संक्रमित भएका छन् । जसमध्ये एकै दिनमा ९ हजार ९ सय ३ जना नयाँ संक्रमित देखिएका हुन् । हालसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>