Breaking News
उद्योग, कलकारखाना र बजार बन्द गर्न उवासंघ चितवनको अपिल
०

चितवन, चैत १०–
उद्योग वाणिज्य संघ चितवनले कोरोना भाइरस (कोभिड–१९) का कारण अतिआवश्यक बाहेक सबै उद्योग, कलकारखाना, बजार बन्द गर्न अपिल गरेको छ ।
संघका अध्यक्ष राजु श्रेष्ठद्धारा आज (सोमबार) जारी विज्ञप्तीमा राजपत्रमा उल्लेखित अतिआवश्यक सेवा बाहेकका सबै उद्योगधन्दा, व्यापार, व्यवसाय चैत २१ गतेसम्मका लागि बन्द गर्न अपिल गरिएको हो ।
यस्तै संघले अत्यावश्यक वस्तु तथा सेवा प्रदायक उद्योगी व्यवसायीहरुले आफू स्वंमको समेत स्वास्थ्य सुरक्षाको सतर्कतामा ध्यान दिँदै सेवा सञ्चालन गरिदिन र अनावश्यक सामग्री भण्डारण नगर्न आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>