Breaking News
कोरोनाले इटालीमा एकैदिन ६५१ जनाको मृत्यु, ५९ हजार संक्रमित
०

एजेन्सी,चैत १०-
इटालीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ५१ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । ५९ हजार १३८ जना सङ्क्रमित छन् ।
संक्रमितमध्य ७ हजार २४ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ६ सय ३८ जना उपचाररत छन् । जसमध्ये पनि ३ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>