समाज
आज उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिरिन नपाउने
०

काठमाडौं,चैत १० –
आज (सोमबार)सवारी साधनलाई एक शहरबाट अर्को शहर प्रवेशमा रोक लगाइएको छ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले एम्बुलेस र प्रेस वाहेकका सवारीलाई एक शहरबाट अर्को शहरमा जान रोक लगाइएको जनाकारी दिए ।
उनका अनुसार आज उपत्यकाबाट एम्बुलेस र प्रेस बाहेकका सवारी बाहिर जान पाउने छैन । जसमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सबै सवारीलाई रोक लगाएको छ । उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह पनि गरे । यस्तै उनले काठमाडौं भित्र पनि सवारी साधन नचलाउन अनुरोध गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>