समाज
सरकारी कर्मचारीले बिदा नपाउने, नियमित कार्यालय आउनुपर्ने
०

काठमाडौं,चैत, ९-
कोरोनाको जोखिमले सरकारी कर्मचारीहरुले बिदा पाउने कि नपाउने भन्ने कर्मचारीहरुमा अन्योल बढेका बेला सरकारले बिदा नदिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी तथा सार्वजनिक संस्थानका कर्मचारीहरुले विदा नलिई नियमित काम गर्नुपर्ने स्पष्ट पारेको हो ।
मन्त्रिपरिषदका निर्णयहरुको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सूचना प्रविधि एवं अर्थमन्त्री ड. युवराज खतिवडाले सरकारी कर्मचारीहरु नियमित काममा खटिने बताए । मन्त्री खतिवडाले भने, केही अन्यौल थिए, तर सरकारी कर्मचारीले नियमित काम गर्नुपर्ने स्पष्ट पारिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>