Breaking News
चितवनका व्यवसायीको मागः ५० प्रतिशत घरभाडा छुट देउ
०

चितवन, चैत ९–
कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण चितवनका व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुट माग गरेका छन् ।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै घरभाडामा ५० प्रतिशत छुट माग गरेको हो । जिल्ला अध्यक्ष हरि शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण बैंक, वित्तीय संस्था, आदिबाट कर्जा प्रवाह गर्दाको व्याज (संक्रमणकालिन) मिनाहा हुने व्यवस्था गरी हामी व्यवसायीहरुको बाँच्ने हक सुरक्षित राखिदिन हुन सम्बन्धि सरोकारवालालाई हार्दिक अपिल गर्दछौं, घरबेटीज्यूहरुमा कमसेकम ५० प्रतिशत भाडा मिनाहा गरी लिइ दिनु हुन अनुरोध गर्दछौं ।’
मञ्चको विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, उद्योग संघलाई बोदार्थ राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>