स्वास्थ्य

विशेषज्ञ भन्छन्ः भारतमा कोरोनाको सुनामी आउँदैछ,लड्न तयार भएर बस्‍नु

Banner

एजेन्सी,चैत ९-

स्वास्थ्य विशेषज्ञहरुले भारतमा कोरोना भाइरसको सुनामी (आँधी) आउने निश्चितजस्तै रहेकाले यसविरुद्ध लड्ने तयारी पूरा गर्न सरकारलाई सुझाएका छन्। भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले बीबीसीसँग कुरा गर्दै भनेका छन्, भारत कोरोना भाइरसको सुनामीसँग लड्न तयार भएर बस्नुपर्छ, यसमा कुनै सन्देह छैन कि भारतमा कोरोना संक्रमण अझै द्रुत गतिमा बढ्नेछ।

डा. रामानननले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणको असर कम हुने कुनै संकेत नमिलेको समेत उल्लेख गरेका छन्। उनले भनेका छन्,बाँकी देशको तुलनामा यहाँ केही कम संक्रमण र क्षति देखिएको छ, तर स्पेन र चीनजस्ता मुलुकमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमणको चपेटामा आए, यहाँ त्यस्तै हालत बन्ने जोखिम छ, हामीले कोरोनाको सुनामीसँग जुध्न तयार भएर बस्नैपर्छ।

कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म पाँचजनाको ज्यान गइसकेको छ भने ३३२ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>