समाज

टेकु अस्पतालमा स्वास्थ्यकर्मीका लागि जागिर खुल्यो, पाँच दिनभित्र आवेदन दिनुपर्ने

Banner

काठमाडौँ,चैत ९-

कोरोना भाइरस को संक्रमण फैलिन नदिने प्रयासमा नेपाल सरकारले विभिन्न प्रयासहरु गरिरहेको छ । सोही क्रममा सम्भावित संक्रमितको परीक्षण तथा निगरानीको प्रमुख जिम्मेवारी पाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरस विरुद्धको अभियानका लागि तत्काल आवश्यक परेका थप जनशक्तिको पदपूर्ति करार सेवा मार्फत गर्ने भएको छ ।

टेकु अस्पतालले तीन महिनाको करार अवधिका लागि कन्सलटेण्टसहित स्टाफ नर्ससम्मको आवेदन आह्वान गरेको छ । अस्पतालले आइतबार सूचना निकालेर कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ्ग अधिकृत चारजना र स्टाफ नर्स २६ जनाका लागि आवेदन आह्वान गरेको हो ।

पाँच दिन भित्र इच्छुक योग्यता पुगेका उम्मेदवारले टेकु अस्पतालमै गएर आवेदन दिन सक्ने जनाइएको छ । छनौटका लागि अन्तर्वार्ता लिइने पनि अस्पतालले उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>