Breaking News
सिङगापुरबाट आएको जहाजको यात्रुलाई ओर्लिन दिइएन
०

काठमाडौ, चैत ८-
अनुमति बेगर सिल्क एयरको विमान नेपाल आएपछि यात्रुलाइ ओर्लिन रोक लगाइएको छ । सिंगापुरबाट यात्रु लिएर काठमाडौं आएको सिल्क एयरको विमानका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन रोक लगाइएको हो । सो हवाईजहाज शनिबार राति करिब साढे ८ बजे अवतरण गरेको थियो ।
तर, सो हवाईजहाजबाट यात्रुहरु साढे दुई घण्टादेखि ओर्लिन पाएका छैनन् । सो हवाई जहाजमा एक जना नेपाली मूलका विदेशी नागरिक पनि छन्, उनी नेपालले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाएको देशका भएकाले हवाई जहाजमा रहेका सबै यात्रुहरुलाई बाहिर निस्कन नदिइएको हो ।
स्रोतका अनुसार नेपाली यात्रुलाइ ओर्लिन दिएर अन्यलाइ उतै फर्काउने तयारी भैरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>