Breaking News

कोरोनाबाट अमेरिकामा एकै परिवारका चार जनाको मृत्यु,२० आफन्त होम क्वारेन्टाइनमा

Banner

काठमाडौं,चैत ८-

अमेरिकामा कोरोना भाइरस कोभिड १९ को कारण एकै परिवारका चार जनाको ज्यान गएको छ । अमेरिकाको न्यूजर्सी राज्यमा ग्रेस फुस्को नाम गरेकी ७३ वर्षीया महिला र छ वयस्क छोराछोरी एक पारिवारिक भेलामा सहभागी भएर फर्किएपछि कोभिड १९ बाट संक्रमित भएका थिए ।

परिवारका चार जनाको मृत्यु भएको छ भने तीनजना अस्पतालमा भर्ना भएका छन् । करिब २० जनाभन्दा धेरै आफन्त होम क्वारेन्टाइनमा छन् । अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । त्यसैले विशेषज्ञहरुले कुनै पनि किसिमको सामाजिक भेलामा सहभागी नहुने मानिसहरुलाई चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>