



काठमाडौं,चैत ७-
सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न काठमाडौं उपत्यकाको सार्वजनिक सावरी बन्द गर्ने तयारी गरेको छ। कोरोना संक्रमण भए सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात भएकाले सरकार उक्त तयारीमा लागेको हो।
यसअघि सरकारले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधन अनिवार्य रुपमा सरसफाइ गरेर मात्र सञ्चालन गर्न सरकारले आग्रह गरेको थियो। बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उक्त निर्णय गरेको थियो।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेकाले सो बैठकमा उपत्यकाको सार्वजनिक यातायात बन्द गर्ने विषयमा समेत छलफल भइरहेको छ।



Ab sitko kira vhaina ab bandai gardida hunchh manis haru lai ghar bat bahira niskinu nisedha garda hunchh nepal le thamne xmata chaina kin ki aadhunik ra dhani desh haru le samet sakeko chaina belai ma aankha dekhiyana bhane jhwam hola