जोडिनुहोस
  • होमपेज
  • गाउँपालिकाका अध्यक्षले नै खाए कुटाई

गाउँपालिकाका अध्यक्षले नै खाए कुटाई

खलङ्गा, चैत ६–

जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन् । “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ ” उनले भने ।
प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए ।

यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्नकै लागि किन समिति गठन भयो र बालुवा गिट्टी कहाँ गइरहेको छ भन्ने विषयमा चासो बढेको छ । गाउँपालिकामा जथाभावी नदीजन्य वस्तु उत्खनन भइरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छैन । समस्या बढ्दै गएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका