जोडिनुहोस

Banner

अष्ट्रेलिया, चैत ५–

अस्ट्रेलिया सरकारले कोरोनाभाइरससँग लड्नका लागि एक सय वा सो भन्दा बढी व्यक्ती सहभागि हुने भवन भित्रका भेलामा प्रतिबन्ध लगाएको छ ।

यससंगै अष्ट्रेलियाका ठूला पब, सिनेमाघर, रात्री क्लव, संग्रहालय र रेष्टुरेन्टहरु बन्द हुने भएका छन् । आज (बुधबार) विहान देशलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्कट मोरिसनले १०० जना मानिस वा बढी भेट्ने कर्मचारी लगायत सबै ठाउँमा प्रभावकारी प्रतिबन्ध लगाएको बताए ।

 

सरकारको यस निर्णयसंगै अष्ट्रेलियाको लोकप्रिय आकर्षणहरू सिडनीको ट्रोन्गा, चिडियाघर, मेलबर्न चिडियाखाना र गोल्ड कोस्टमा थिम पार्कहरू बन्द हुन सक्ने छन् भित्री सभाहरुमा एक सय भन्दा बढी व्यक्ति र बाहिर पाँच सय भन्दा बढी व्यक्तिहरु जमघट हुन नपाउने प्रधानमन्त्री मोरिसनले बताए ।

अस्ट्रेलियन होटेल एसोसिएसनले नयाँ प्रतिबन्धले पबमा ‘विनाशकारी’ प्रभाव पार्ने बताएको छ । साथै उसले संघीय र राज्य सरकारसँग मिलेर कोरोनबाट बच्ने उपायका लागि काम गरिरहेको जनाएको छ । –डेली मेलको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *