



काठमाडौं,फागुन ३०-
प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित सञ्चालक समितिले १० अर्ब बक्यौता उठाउन खेलाँची गरेको ठहर गरेको छ। उपसमिति संयोजक मिनेन्द्र रिजालले समितिमा पेश गरेको प्रतिवेदनमा घिसिङ र त्यसअघिका प्रबन्ध निर्देशकले राजश्व सम्बन्धी गम्भीर लापरवाही गरेको उल्लेख छ।
विद्युत महसुल निर्धारण आयोगले लोडसेडिङका बेला २० घण्टा भन्दा बढी विद्युत आपूर्ति लिने ग्राहकले पनि डेडिकेटेड ग्राहकको सरह महसुल दर कायम गर्ने निर्णय गरेको थियो। तर प्राधिकरणले यस्ता ट्रंक लाइनबाट विद्युत उपभोग गर्नेको महसुल दर ट्रंक शुल्क अनुसार नै कायम गरेको थियो।
‘ट्रंक लाइनबाट निरन्तर विद्युत उपभोग गर्ने ग्राहकले डेडिकेटेड ग्राहक सरह महसुल दर कायम गर्ने निर्णय कार्यान्वयन नगरी राजश्व सम्बन्धी गम्भीर लापरवाही गरेको देखिएको छ’ उपसमितिको प्रतिवेदनमा भनिएको छ, ‘सो सम्बन्धमा उक्त अवधिमा रहेका सञ्चालक समिति, प्रबन्ध निर्देशक, विभागीय जिम्मेवारी लिएका पदाधिकारीहरु को को दोषी छन्, विस्तृत छानविन गरी दोषी उपर कारवाही गर्ने प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने।’
घिसिङ २०७३ साल भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएका थिए। त्यसअघि नै विद्युत महसुल निर्धारण आयोगले २०७३ साल असार १६ गते ट्रंक लाइनबाट विद्युत लिनेहरुको हकमा पनि डेडिकेटेड सरह रकम लिन प्राधिकरणलाई निर्देशन दिएको थियो।
आयोगले पत्राचार गर्दा मुकेश काफ्ले प्राधिकरणका प्रबन्ध निर्देशक थिए। उपसमितिले विद्युत बिलिङ नभएको महसुल संकलनका लागि कुलमान घिसिङले लापरवाही गरेको ठहर गरको छ।


नेपाल प्राधिकरण को प्रबन्धक निर्देशक श्री कुलमान घिसिङ्ग ज्यु जस्तै डा. मिलेन्द्र रिजाले wide bidy तथा ncell सुनकाण्ड मा किन प्रश्न न उठाएको । जस्ले राम्रो काम गर्छ त्यस्कै खोइरो किन खन्न पर्यो?? मौरी काट्ने ले हात चाटनु ठूलो कुरा हैन तर कुलमान घिसिङ्ग प्रती जुन आरोप लगाइएको छ त्यो सरासर गलत र सुनियोजित छ। 3 करोड नेपाली जनतालाई बिश्वास छ कि उनले त्यस्ततो अनियमितता केही गर्दैन अन्य बक्यौता बर्स्यौट गर्ने काम मा ढिलो चाडो हुन्छ।
राम्राे काम गर्दा पनि दाेष
अब मोदी धोतीका एजेण्टहरुले नेपाली जनताहरुको हितमा नेपाल बिधुत प्राधिकरणका प्रबन्धक भएर देशलाई उज्यालो दिने कुलमान घिसिंलाई राजनितिक घेराबन्दि गर्न मिनेन्द्र रिजालले ठूलो षडयन्त्रको माहाजाल बुन्न थालेको छ।
कुलमान घिसिङलाई कारबाहीको दायरामा ल्याएर फेरि पनि जनतालाई अन्धकारमा राख्ने योजना हो यो, लोड सेट्टिङ गराएर टन्न कमाउनेहरुले रचिएका प्रपञ्च मात्रै हो! जसले तिरेन उसलाई कारबाही नगरेर जसले तिराउन बाध्य बनाउने र लाइन सम्मा काड्न आदेश दिँदा स्वयं प्रधान मन्त्रीले लाइन काड्न नदिने अनि फेरि त्यति व्यक्तिलाई कारबाही गर्नु पर्छ भन्ने कुन खालको नीतिनियम हो नी यो? कारवाही गर्नु नै छ भने नेसलको ६० अर्ब भन्दा बढी कर मिनाह गरिदिने देशद्रोहीलाई गर्नु, वाइडबडी, न्यारोबडी, मेलम्ची र अन्य ठाउँमा जहाँ ठूला ठूला भ्रष्टचार गर्ने भ्रष्टचारीलाई गर्नु बल्ल जनता खुसिहुनेछन्। तर यहाँ कुलमान लाई कारबाही गरेर फेरि लोड सेटिङ गर्यो भने जनता सडकमा उत्रिने बाध्य हुनेछन्!
विध्युत माफियाको मतियार रहेछन यी डा.रिजाल र उपसमिति , लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउने कुलमान मुलुकलाई अन्धकारमा राखेर लुट मच्चाउन पल्केका यी माफियाा र माफियाका मतियारहरूलाई जनताले ठेगान लगाउनुपर्नेवेला आयो जस्तो छ, माफिया सलवलाउन थालेको शङ्केत हो यो सवैलाई चेतना भया।
विध्युत माफियाको मतियार रहेछन यी डा.रिजाल र उपसमिति , लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउने कुलमान उपरको षडयन्त्र हो यो । मुलुकलाई अन्धकारमा राखेर लुट मच्चाउन पल्केका यी माफियाा र माफियाका मतियारहरूलाई जनताले ठेगान लगाउनुपर्नेवेला आयो जस्तो छ, माफिया सलवलाउन थालेको शङ्केत हो यो सवैलाई चेतना भया।
Story of Sulibhanjyang! Takaa Sher bhaji…Takaa sher khaja…Jasjasle saklaa usaile khaalaa!!
नैतिक,कर्तव्यनिष्ट राष्ट्रसेवकलाई उच्च सम्मान,कोहि कसैबाट फोहोर हिलो छ्याप्ने प्रयाश नहोस् ।
सारा नेपालीको ज्योती भर्ने कुलमान सहितको टिमलाई समर्थन गर्दा कति महानुभावहरुको “झोले”को बिल्ला भिर्नु पर्ने हो । परे नि परोस तर यी दुनिया कान्डै कान्ड मच्चाउनेहरु चाहे आफ्नो पार्टीभित्रका हुन वा बाहिरका तिनिहरुका बिरुद्द आवाज बाहिर ल्याएर कारवाहिका लागि सरकारलाई सहयोग गर्नुस । पार्टिलाई सफा राख्नुस ।
घिसिङ आउनुअघिको कुरा जोडेर घिसिङको विरोध गर्नु समिति दोषी देखिन्छ, प्रतिवेदन पूर्वग्राही देखिन्छ ।
कुलमान घिसिङ्गजिउले १० अर्ब राजस्वमा लापरबाही गरेर त्यो रकम आफ्नो बैंक खातामा जम्मा गरेर ठुलो भ्रस्टाचार गरेकै हो…..??? हो भनि अवस्य कारबाही गर्नु, तर यदि छैन भनि यही मुद्दा लगाएर, उनको ठाउँमा अर्कोलाई ल्याएर फेरि नेपालमा लोडसेडिंगको खेल सुरु भयो भने चाहिं यो उपसमितिका सबै सदस्य र उपसमिति खडा गर्न र गराउन दिमाग लगाउने सबैलाइ सारा नेपाली जनताले पनि रंगसालामा फुटबल बनाई खेल्ने छन् भन्ने कुरा याद राख्नु निे….!!! किनभने सारा नेपाली जनताले बिगतका ३ बर्ष एता देखि जानी बुझी सकेका छन् कि नेपालमा लोडशेडिंग गर्न जरुरत नै छैन भनेर र २४ सै घण्टा झिलिमिली झिल्ला भन्दै रमाई आएका छन अहिले सम्म पनि, र पहिले जुन दैनिक १६-१७ घण्टा लोडशेडिंग हुन्थ्यो, त्यो सबै भ्रस्टाचारी नेता, बिद्युत प्राधिकरणका भ्रस्ट कर्मचारी र नेपाली जनतालाई दुख दि लुट्न खोज्ने ब्यापारीको मिलिभगत थियो भनेर…!!! तेसैले घिसिङ्ग जिउलाइ कारबाही गर्नु अघि ३ पटक अवस्य सोच्नु सम्बंदित जो कोहि सबैले…., नत्र सारा नेपाली जनताले बजाउने छन तिमीहरुलाई मादल र ढोलक सम्झी…. सम्झी…..!!!
गाेरेका मतियार ठुला माछा कुन समुन्द्रमा छने त?