जोडिनुहोस

Banner

चितवन, फागुन २९-

बेलायती शिक्षामा देखिएका भ्रम र यथार्थबारे नारायणगढको अनर्स एजुकेसनले विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

अनर्स एजुकेसनका प्रवन्ध निर्देशक गोपाल कँडेल तथा कार्यकारी निर्देशक कृष्ण भुसालले बेलायती शिक्षा पद्धतिको बारेमा जानकारीमूलक रिपोर्ट नै सार्वजनिक गरेका छन् । विश्वका उत्कृष्ट विश्वविद्यालयहरु रहेको बेलायत अष्ट्रेलियापछि नेपाली विद्यार्थीहरुको दोस्रो रोजाइमा परेको प्रतिवेदनमा उल्लेख छ । बेलायती अध्यागमनको तथ्यांकअनुसार सन् २०१९ मा भारतबाट ३७ हजार ५४० जना विद्यार्थीहरुले अध्ययनको लागि भिसा लिएको प्रतिवेदनमा उल्लेख छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपियन नागरिक सरह नै अन्य देशको नागरिकलाई पनि बराबरको मान्यता दिने बताएसँगै बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या ह्वात्तै बढ्न गएको प्रतिवेदनमा उल्लेख छ ।

बेलायत ईयूबाट अलग भएसँगै बेलायतले पनि अष्ट्रेलियाको जस्तै पोइन्ट बेस पद्धति सुरु गरेपछि दक्ष जनशक्ति बेलायत जान सहज भएको प्रतिवेदनमा उल्लेख छ । बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीहरुको लागि स्थायी बसोबासको सम्भावना पनि बढी रहेको अनर्स एजुकेसनले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *