जोडिनुहोस
  • होमपेज
  • यस्ता रोग लाग्न सक्छ पाइन्टको पछाडि पर्स राख्दा !

यस्ता रोग लाग्न सक्छ पाइन्टको पछाडि पर्स राख्दा !

चितवन, फागुन २९-

पैसा राख्न, कार्ड राख्न, जस्ता सामान राख्न सजिलो भएका कारण धेरैजसो मानिसले पर्स बोक्ने गर्छन् । तर पैसाको साटो विभिन्न कार्ड, सिक्का, आइडीलगायतका विभिन्न सामान पछाडिको खल्तीमा बोक्ने भएर पर्सलाई मोटो बनाउँछ र यसका कारण मानिसलाई विभिन्न रोग लाग्ने गर्दछ ।

शरिर ठिकसँग ब्यालेन्स नहँदा यसले मेरुदण्डको हड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसका कारण कहिलेकाहि मेरुदण्डको हड्डी नचल्ने हुने गर्छे ।

यस्तो मोटो पर्स पछाडिको खल्तीमा बोकेमा यसले शरिरको तल्लो भागको ब्यालेन्स बिगार्ने गर्दछ ।

पर्स मोटो भएको कारण बस्दा कम्मरमा दबाब पार्छ र यसले गर्दा साइटीक नसा फैलने भएकाले कम्मर जिवनभर दुख्ने सम्भावना हुन्छ ।

पर्स मोटो भएका कारण हाम्रो रक्तसंचारमा प्रभाव पर्ने गर्दछ किनकी हाम्रो शरिरमा यस्ता नशाहरु छन् जुन मुटु हुँदै कम्मर र खुट्टासम्म पुग्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।

पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ र यस रोगलाई फोर्मिस सिन्ड्रोम भनिन्छ र यो रोगले मानिसलाई धेरै पीडा हुने गर्छे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका