जोडिनुहोस
  • होमपेज
  • पत्रकार पराजुलीको कथासंग्रह ‘कुमाता’ विमोचन

पत्रकार पराजुलीको कथासंग्रह ‘कुमाता’ विमोचन

चितवन, फागुन २६–

पत्रकार वसन्त पराजुरीद्वारा लिखित कथाहरुको संग्रहको ‘कुमाता’ आज (सोमबार) एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।
नेपाल लघु कथा समाजका अध्यक्ष एवं गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन र कथाकारकी आमा गोमा पराजुलीले सो कथासंग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

अक्षर समूहको आयोजनामा भएको कृति विमाचोन कार्यक्रममा बोल्दै श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्ने दावि गरे ।
“क्षणिकले केही हुदैन साहित्यमा बाचुन्जेल साधना गर्न सक्नुपर्छ”, उनले भने । श्रेष्ठले समाजको हितका लागि साहित्य हुनुपर्ने धारणा राख्दै साहित्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रमा पुस्तक माथि समिक्षा गर्दै प्राडा. एक नारायण पौडेलले कुनै पनि सत्यता भित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने धारणा राखे । कार्यक्रममा कथाकार डा. हरिहर पौडेल, कथाकार एल वी क्षेत्री, साहित्कार भूपिन लगायतले कथा संग्रहको विषयमा टिप्पणी गर्नु गरेका थिए ।

सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुकीका कथासङ्ग्रहलाई भँुडिपुराण प्रकाशन प्रालीले वजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवं कथाकार वसन्त पराजुलीले जानकारी दिए ।

“कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुष गर्छ”, पराजुलीले भने ।

गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

अध्यक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सो कार्यक्रममा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका