जोडिनुहोस
  • होमपेज
  • कोरोनाका कारण दोस्रो भरतपुर गोल्डकप स्थगित

कोरोनाका कारण दोस्रो भरतपुर गोल्डकप स्थगित

चितवन, फागुन २३–

चैत पहिलो सातादेखि हुने भनिएको दोस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासन, भरतपुर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् ठूला प्रतियोगिताहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको आयोजक एजे इन्टरनेशनलले जनाएको छ ।

प्रतियोगिताका संयोजक आलोक प्रताप राणाले नेपाल सरकारको कोरोना भाइरस संक्रमणको बारे नयाँ सूचना नआएसम्म प्रतियोगिताको नयाँ मिति सार्वजनिक नगरिने नारायणी अनलाईनलाई जानकारी दिए । उनले भने–‘प्रतियोगिताको सम्पूर्ण तयारी गरिसकेका थियौं, तर कोरोनाका कारण स्थगित गर्न बाध्य भयौं ।’

भरतपुर गोल्डकप आउँदो चैत ६ गतेदेखि १५ गतेसम्म संचालन हुने तालिका थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ । यस प्रतियोगिताको आयोजकमा एजे इन्टरनेशनल र चितवन जिल्ला फूटबल संघ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका