जोडिनुहोस
alt
  • होमपेज
  • क्रियाशिल सदस्यता वितरण गर्न काँग्रेस चितवनले बनायो मापदण्ड

क्रियाशिल सदस्यता वितरण गर्न काँग्रेस चितवनले बनायो मापदण्ड

चितवन, फागुन २२–

नेपाली काँग्रेस चितवनले मापदण्ड पुरा गर्नेलाई मात्र क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ ।

आज (बिहीबार) जिल्ला कार्यालयमा भएको बैठकले मापदण्ड अनुसार मात्रै नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय भएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए । उनका अनुसार वडामा मतदाता नामावली भएका व्यक्तिहरु, समावेशी सिद्धान्तलगायतको आधारमा नयाँ सदस्यता वितरण गर्ने निर्णय गरिएको छ ।

बैठकमा कस्ता व्यक्तिहरुलाई क्रियाशिल सदस्यता वितरण गर्ने भन्ने विषयमा वडा सभापतिहरु, प्रदेश कमिटिका सभापतिहरु, नगर, क्षेत्रीय सभापतिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठक जिल्ला सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

एक प्रतिक्रिया on “क्रियाशिल सदस्यता वितरण गर्न काँग्रेस चितवनले बनायो मापदण्ड

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका