जोडिनुहोस
  • होमपेज
  • खुला कविता प्रतियोगितामा संगम संयोग पहिलो

खुला कविता प्रतियोगितामा संगम संयोग पहिलो

चितवन, फागुन २२–

युवा परिषद् चितवन र सप्तगण्डकी विम्व यात्राको संयुक्त आयोजनामा आज भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको खुला कविता प्रतियोगितामा संगम संयोग पहिलो भएका छन् ।

प्रतियोगितामा विकास ओझा दोस्रो र परिवेश चापागाई तेस्रो भएका छन् । प्रतियोगिताको विजेताहरुले पहिलो हुनेले १५ हजार ५१, दोस्रोले १० हजार ५१ रुपैयाँ र तेस्रो हुनेले पाँच हजार ५१ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न क्याम्पसका तीन दर्जन बढी युवा तथा किशोर कविहरुले आफ्नो कविता वाचन गरेका थिए । प्रतियोगिताको निर्णायकमा कवि गायत्री श्रेष्ठ, रमेश प्रभात र भूपिन खड्का रहेका थिए ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा परिषद् चितवनका अध्यक्ष अस्मिन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाले कविहरुले राज्य र समाजको यथार्थता चित्रण गर्ने गरेको बताए । उनले भने, ‘ राजनीतिक परिवर्तनको युगमा धेरै समय बित्यो । साहित्यलाई नकारात्मक सोचमा अगाडि नबढाइकल समृद्धि र सुखी नेपाली बनाउने अहिलेको मुख्य मिसनमा कविता लेख्नुपर्छ । ’ हरेक पेसा र व्यवसायका व्यक्तिहरु देशभक्त बनेर देशलाई सुन्दर फूलबारी बनाउन जुट्नुपर्ने बताए । उनले युवाहरुलाई नकारात्मक सोचतिर जानुनपर्ने बताउँदै उनले अब देशलाई सुन्दर फूलबारी बनाउन आव्हान गरे ।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार तथा सप्तगण्डकी क्याम्पसका पूर्वक्याम्पस प्रमुख थपलियाले चितवन जिल्लास्तरीय अन्तर क्याम्पस नृत्य प्रतियोगितामा विजेता भएका सप्तगण्डकी क्याम्पसका विद्यार्थीहरु मिलन न्यौपाने, सन्जय श्रेष्ठ, सुजन रोका, दिपिका घिमिरे, अनिष अधिकारी र देवी गुरुङलाई नगद पुरस्कारसहित प्रशंसाको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो, सप्तगण्डकी विम्व यात्राका अध्यक्ष आकाश पौडेल, सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रल्हाद प्रधान, पूर्वक्याम्पस प्रमुख खेमनारायण सापकोटा, नेकपा चितवनका जिल्ला कमिटी सदस्य दिलिप पौडेललगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका