जोडिनुहोस
  • होमपेज
  • नेपाल पत्रकार महासंघ नवलपुरद्वारा खाद्यान्न सहयोग

नेपाल पत्रकार महासंघ नवलपुरद्वारा खाद्यान्न सहयोग

नवलपुर, फागुन १८-

नेपाल पत्रकार महासघ नवलपुर शाखाले आइतबार अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरेर पहिलो स्थापना दिवस मनाएको छ ।
नवलपरासी जिल्ला दुई जिल्लामा विभाजन भएसँगै औपचारिकरुपमा गत वर्ष नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वगठन भएको सम्झनामा आइतबार जिल्लाको मध्यबिन्दु नगरपालिका–१ मा रहेको शान्ति आधारभूत विद्यालयमा अध्ययनरत २३ अनाथ बालबालिकालाई खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको हो ।
शान्ति आधारभुत विधालय सेतापनीमा ३६० विद्यार्थी अध्ययनरत रहेकोमा २३ जना अनाथ असहाय विद्यार्थी आवासीयरुपमा अध्ययन गर्दै आइरहेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले कार्यक्रममा पत्रकारले सूचना सम्प्रेषण सँगसँगै सामाजिक उतरदायित्व बहन गर्नुपर्ने बताउँदै शाखाको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।
त्यसैगरी नेपाल पत्रकार महासघ नवलपुर शाखा अध्यक्ष होमराज रानाभाटले आर्थिक अभावले विधालयले बालबालिकालाई पालनपोषण गर्न समस्या भइरहेको जानकारी आएपछि केही राहतस्वरुप खाद्यान्न सहयोग गर्न पाउँदा खुसी व्यतm गर्दै आगामी दिनमा अझै सामाजिक कार्यमा प्रेरित हुने बताए । विद्यालयका प्रधानाध्यापक दधिराम सापकोटा पत्रकार महासंघ पूर्वी नवलपरासी शाखालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालय एवम् विद्यार्थीलाई सहयोगको अपेक्षा गरेका थिए ।
कार्यक्रममा शान्ति अनाथालय बाल उत्थान सेवा केन्द्रका अध्यक्ष गणेशमान महतो, समाजसेवी काशीराम पाठक, प्रेस संगठन नवलपुरका सदस्य दयाराम आचार्यले मन्त्वय राखेका थिए भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ नवलपुरका सचीव प्रेम न्यौपानेले गरेका थिए । नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीका सभापति होमराज रानाभाटको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका