जोडिनुहोस
  • होमपेज
  • चितवनका अग्रज साहित्यकार रेग्मीका दुई कृति प्रकाशित

चितवनका अग्रज साहित्यकार रेग्मीका दुई कृति प्रकाशित

चितवन, फागुन १७-

चितवनका अग्रज साहित्यकार ईन्द्र रेग्मीका दुई कृति प्रकाशित भएका छन् ।

रेग्मीका प्रकाशित कृतिहरुमा ‘स्वाहा’ निवन्ध सङ्ग्रह र ‘जाइफल’ मुक्तक संग्रह रहेका छन् । स्वाहामा समाजका समसामयिक विषयलाई व्यङ्ग्यात्मकरुमा प्रस्तुत गरिएको १५ वटा निवन्धहरु रहेको साहित्यकार रेग्मीले बताए । त्यसैगरी उनले जाइफलमा २५४ वटा मुक्तकहरु संग्रहित गरेको नारायणी अनलाइनलाई जानकारी दिए ।

सबै विधामा कलम चलाउने तर आफूलाई निवन्धकार भन्न रुचाउने रेग्मी समाजमा देखिएका विकृतिका विरुद्ध कलम चलाउने गर्छन् । उनले गत वर्ष मात्र कविडाँडा साहित्य समाजको देवखीना साहित्य सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले रेग्मी चितवनमा बसेर अनवरतरुपमा विगत धेरै वर्षअघिदेखि कलम चलाउने अग्रज साहित्यकार भनेर संझिए । उनले भने,‘रेग्मीको वरिष्ठता र योगदानको आधारमा हामीले सम्मान गरेका हौं।’ यसबाहेक रेग्मीले शहिद सारदा स्मृत्ति पुरस्कार र साहित्य संगम चितवनको मदनमोहन जोशी पुरस्कार प्राप्त गरेका छन् ।

विसं २००५ सालमा भारतको कलकत्तामा जन्मिएका रेग्मी चितवनका अघिल्लो पुस्ताका साहित्यकार हुन् । उनले विसं २०२६ सालबाट अहिलेसम्म गीत, गजल, निवन्ध, लघुकथा र कविता लेखनमा सक्रिय छन् । दुवै कृति उनको आठौँ र नवौँ कृति हो । उनको पहिलो कृति २०६८ सालमा प्रकाशित भएको थियो । भरतपुर महानगरपालिका–११ भोजाडमा स्थायी बासिन्दा रेग्मी साहित्य संगम चितवनका कार्यसमिति सदस्य तथा प्रगतिशिल लेखक संघका केन्द्रीय सदस्य हुन् । उनले साहित्य सिर्जनामा लागेर आजसम्म ११५ भन्दा बढी प्रशंसा र सम्मान पाइसकेका छन् । साहित्य संगम चितवनका संस्थापकसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त कर्मचारी हुन् । उनको नयाँ कृतिहरु ‘स्वाहा’ र ‘जाइफल’ लाई प्रगतिशील साहित्यकार तथा पूर्वसांसद घनश्याम शर्माले फागुन २४ गते विमोचन गर्ने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका