जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • किताबको ब्यापार ज्ञानको व्यापार होइन, कर हट्दैन : अर्थमन्त्री

किताबको ब्यापार ज्ञानको व्यापार होइन, कर हट्दैन : अर्थमन्त्री

काठमाडौँ, फागुन १५-

अर्थमन्त्री युवराज खतिवडाले पहिलोपटक सञ्चार मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रिपरिषद्‌को पत्रकार सम्मेलनमा सहभागी हुँदै पुस्तकमा कर लगाउनु ज्ञानमा कर नलगाएको दाबी गरेका छन् ।

सरकारले विदेशी पुस्तक आयात गर्दा अंकित मुल्यको १० प्रतिशत कर लिन थालेको छ । यसको विरोध गर्दै आन्दोलन भइरहेका बेला सरकारका प्रवक्तासमेत रहेका खतिवडाले अर्को संसदले छलफल गरेर नटुंग्याएसम्म नयाँ निर्णय नहुने बताए ।

पुस्तक बिक्री गर्दा ३५ देखि ४० प्रतिशत नाफा हुने भन्दै उनले ब्यापारमा कर लगाउने प्रष्ट पारे ।

उनले अन्य देशमा कर लगाउने प्रचलन भएको उल्लेख गर्दै स्वदेशी उद्योग संरक्षण गर्नु परेकाले विदेशबाट ल्याएका पुस्तकमा कर लगाइएको बताए । ‘करै नलागी ल्याइएका पुस्तकमा नेपाली प्रेसहरुले कसरी प्रतिष्पर्धा गर्ने?’ उनले भने, ‘पुस्तकको व्यापार पनि व्यापार नै हो। नाफामा कर लगाउनुपर्छ । यो ज्ञानको व्यापार भनेर दिग्भ्रमित नगरौँ ।’

नेपालमा खुलेका छापाखानाले कागज ल्याउँदा समेत १५ प्रतिशत कर तिर्नुपर्ने भएकाले उनीहरुले कर नै नतिरेर ल्याउने पुस्तकसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका