जोडिनुहोस
  • होमपेज
  • स्थानीयवासीद्वारा बिपी राजमार्ग अवरुद्ध

स्थानीयवासीद्वारा बिपी राजमार्ग अवरुद्ध

सिन्धुली, फागुन १२-

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हँुदै काठमाडाँै र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका