जोडिनुहोस
  • होमपेज
  • नवलपुरमा भएको राइनो संरक्षण गोल्डकपमा पुलिस विजयी

नवलपुरमा भएको राइनो संरक्षण गोल्डकपमा पुलिस विजयी

नवलपुर, फागुन ८-

नवलपुरको कोल्हुवामा जारी पाँचौं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको बिहीबारको खेलमा नेपाल पुलिस विजयी भएको छ ।

बीएफसी सेन्टर कलेज चितवनलाई ३ –१ ले पराजित गर्दै पुलिसले जित हात पारेको हो । पुलिस क्लबबाट बुद्धबल तामाङले दुई गोल गरे । बुद्धले खेलको २९ औं र ८२ औं मिनेटमा गोल गरेका थिए । पुलिसकै सौजन याख्खाले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरे । सेन्टर कलेज चितवनको तर्फबाट रुमेश बतौंलाले एक मात्र गोल गरे । बर्तौंलले खेलको ३८ औं मिनेटमा गरेका थिए ।

‘म्यान अफ दी म्याच’ नेपाल पुलिसका जर्सी नम्बर ७ का तेज तामाङ घोषित भए । प्रतियोगिताको बुधबारकोे खेलमा एफसी विजय युथ हेटौंडाले झापा ११ लाई ६–१ ले पराजित गरेको थियो । मध्यबिन्दु नगरपालिका २ कोल्हुवास्थित मैदानमा भएको खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका