जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • राससको वार्षिकोत्सवः चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

राससको वार्षिकोत्सवः चितवनका पत्रकारको स्वास्थ्य परीक्षण

चितवन,फागुन ७-

राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक समाचार जनतामा पुग्न सकेको बताउनुभयो ।

सभापति पोख्रेलले भन्नुभयो, “संविधान लेख्ने मान्छेमध्येको एउटा मान्छे म यहाँ छु । अरु सबै स्वतन्त्रता सामान्य स्वतन्त्रताको रुपमा राखिएको छ तर प्रेसको स्वतन्त्रता पूर्ण प्रेस स्वतन्त्रता भनेर संविधानमा सुनिश्चित गरिएको छ ।”

सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकामा राससप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिनुभयो । एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको झण्डै रु तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ । रगत र पिसाबको नमूना परीक्षणपछि समस्या देखिएमा आजै सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइने आचार्यले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका