जोडिनुहोस
दशैं को हार्दिक सुभकामना
  • होमपेज
  • महिनावारी भए/नभएको जाँच्न प्रधानाध्यापकले छात्रालाई कपडा फुकाल्न लगाएपछि…

महिनावारी भए/नभएको जाँच्न प्रधानाध्यापकले छात्रालाई कपडा फुकाल्न लगाएपछि…

नयाँदिल्ली, फागुन ६-

भारतको एक कलेजमा महिनावारी भए नभएको जाँच्न ६८ जना छात्रालाई कपडा फुकाल्न लगाउने प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्। गत साता गुजरातको भुजस्थित श्री सहजनन्द गर्ल्स इन्स्टिच्युटका प्रधानाध्यापकले होस्टेलमा बस्ने छात्राले धार्मिक मान्यताको उल्लंघन गरेको भन्दै कपडा फुकाल्न लगाएकी थिइन्।

सोमबार प्रधानाध्यापकसहित अन्य चार जनालाई कच प्रहरी कार्यालयको विषेश अनुसन्धान टोलीले पक्राउ गरेको हो।प्रधानाध्यापक रिता रनिगा, संयोजक अनिता चौहान, होस्टल निरीक्षक रमिला हिरानी र पिउन नेना गोरासिया पक्राउ परेका हुन्। उक्त कलेजको होस्टेल व्यवस्थापनले प्रधानाध्यापक रिता रानिगालाई महिनावारी भएका छात्राहरूले धार्मिक मान्यता नमानी मन्दिर र भान्सा कोठा जाने गरेको भन्दै पटकरपटक गुनासो गरेको थियो। गुनासोपछि प्रधानाध्यापकले ६८ छात्रालाई शौचालयमा लगेर महिनावारी भएरनभएको जाँच्न जबरजस्ती कपडा फुकाल्न लगाइएको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका