



काठमाडौं, फागुन ५-
निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा एमसिसीविरुद्ध नारा लागेको छ । उनको स्वागतका लागि गएका कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाएका हुन।
उनी कारागारबाट छुटिसकेपछि कार्यकर्ताले ‘एमसिसी मुर्दावाद’ भन्दै नारा लगाएका थिए। महरा सभामुख भएका बेला एमसिसी परियोजनालाई अगाडि बढाएका थिएनन्।
गत असोजमा संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कारको अभियोगमा उनीमाथि जिल्ला अदालतमा प्रहरीले मुद्दा दायर गरेको थियो। सो मुद्दामाथि अदालतले महरालाई सोमबार सफाई दिएको छ।