




चितवन फागुन २-
चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको पटिहानीको प्रर्वद्धनका लागि चितवन साइकल राईड्स क्लबले साइकल र्याली निकालेको छ ।
भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीमा निर्माण गरिएको अम्ब्रेला स्ट्रिटको शुभारम्भको क्रममा साइकल र्याली निकालिएको हो ।
चितवनको पर्यटन प्रवद्र्धन र विस्तारै हराउदै गएको साइकल सँस्कृतीलाई अगाडि बढाउन साइकल र्याली गरिएको चितवन राइड्स क्लबका अध्यक्ष नवीन खरेलले जानकारी दिए ।
करिब ५० किलोमिटर दुरीको उक्त र्यालीमा ३० जनाको सहभागिता रहेको थियो । भरतपुरबाट सुरु भएको र्याली गीतानगर, पटिहानी, सितामाई, बाटुली पोखरी, बीस हजारी ताल, गौरीगञ्ज, भरतपुर हुँदै नारायणगढ आइपुगेर समापन भएको अध्यक्ष खरेलले जानकारी दिए ।