जोडिनुहोस

साहित्य

सडकः प्रेमका केही विम्ब

सडकः प्रेमका केही विम्ब

– रिता मिमोसा

सडकमा मकै बेच्ने चाउरिएकी आमासँग
बैँशालु सन्तानको पोटिलो प्रेम सोध्नु छ।
छोडी आश्रम, गराई श्रम बा आमा,
हसँमुख चेहरामा प्रेमकै नक्सा खोज्नु छ।

सडक पेटीमा भान्सा घर बसाई
पाटी फलैचा बेड सुलाउने ती अबोध,
भीखको दुई पैसा र रोटीको प्रेम सोध्नु छ।

खान्छ्न कति लात र लाठी,
जिउभरी चोट बोकी ट्याप्प पेट,
स्वास फ्याँकी स्वास नै निल्ने ती बफादार,
मालिकको नुनको नुनिलो प्रेम सोध्नु छ।

रिक्सा ठेल्दै गरुङ्गो आँखा हेर्ने ती बा,
पसिना सोहोर्दै दिनको कमाइ गनी लग्दा हुन घर,
अघिल्तिरबाट बाटो छेकी परिवारको प्रेम सोध्नु छ।

देख्दछु गल्ली गल्ली र एकान्तहरुमा
सयौ रोमानी पन्छीहरु वसन्त सजाउँदै।
नकोरल्दै उडी ओथार सात्ने अर्कै हाँगातिर,
तुहिएर जाने भ्रुणसँग सजीव प्रेम सोध्नु छ।

टपक्क टिपी नफक्रँदै त्यो गुलाफ,
आफ्नो प्रेम दर्शायौ।
ती क्रुर हत्केलालाई कोपिला र
काँढेदार हाँगाको प्रेम सोध्नु छ।

खसे कुन्नी कति कस-कसका लागि आँसु ?
खाइए खुवाइए कसम नि कति के का लागि?
तिनले आफैलाई सकाई सकिएको प्रेम सोध्नु छ।

कुर्लिन्थे देश भनी कोही सडकमा,
उर्लिन्थे कोही देश नै भनी सभामा,
किर्नाले झै चुसी लरक्क ती।
दुब्लाएको देशसँग रगतको प्रेम सोध्नु छ।

बली बने कति तिनका शिर बचाउँदा।
सुके सुक्सुकाउदै कति पानी छहारिनै उजाडिँदा,
शोक झै देखिने सभा बीच बलिदानको प्रेम सोध्नु छ।

छन् कति हो कति यस्ता सवाल,
छ्न कति हो कति प्रेमका आहाल,
आफैलाई नछोडी आत्मालाई प्रश्न गर्न
जोसँग मलाई उत्तर खोज्नु छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका