जोडिनुहोस
  • होमपेज
  • भट्टराई र नेपाललाई मुद्दा चलाउन माग गर्दै परेको रिट प्रधानन्यायाधीशको इजलासमा

भट्टराई र नेपाललाई मुद्दा चलाउन माग गर्दै परेको रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडाैं, फागुन २-

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा त्रुटिपूर्ण रहेको भन्दै सर्वाेच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा सुनुवाइ हुने भएको छ ।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटको सुनुवाइ शुक्रवारका लागि प्रधानन्यायाधीश जबराको इजलासमा ३ नम्बर क्रममा राखिएको छ ।

अख्तियारले मन्त्रिपरिषद्को निर्णय भन्दै प्रधानमन्त्रीद्वयलाई मुद्दाबाट उन्मुक्ति दिएको थियो ।

जग्गा प्रकरणमा अख्तियारले माघ २२ गते १७५ जनाविरुद्ध मुद्दा चलाउँदा प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्व मन्त्री, पूर्व सचिव र विभिन्न ओहोदाका कर्मचारीमाथि मुद्दा चलाएको छ ।

उक्त निर्णयलाई चुनौति दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका