जोडिनुहोस

Banner

चरीकोट,  माघ २७-
दोलखाको तामाकोशी गाउँपालिकाले ‘मेरो घर, सफा घर’ अभियान सञ्चालन गरेको छ । दोलखाको तामाकोशी गाउँपालिकाको छैटौँ गाउँसभाले उक्त अभियान तथा अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक भत्ता दिने निर्णय गरेको थियो । नागरिकलाई सरसफाइमा आकर्षित गराउन सो अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । सरसफाइमा उत्कृष्ट हुने गाउँपालिकाभित्रका ६३ घर परिवारलाई पुरस्कारस्वरुप प्र्रत्येक वर्ष रु तीन हजार पुरस्कार प्रदान गरिने छ । पालिकाको छुटै टोलीले अनुगमन मूल्याङ्कन गर्ने र टोलीको सिफारिस आधारमा पुरस्कृत गरिनेछ ।

गाउँसभाले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई भत्ताको व्यवस्था गरेता पनि ‘ग’ वर्गकाले सुविधा नभएको भनेपछि मासिक रु एक हजार भत्ता दिने भएको छ । गाउँपालिकाले पालिकाका नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी मधुमेह र रक्तचाप रोगीका लागि निःशुल्क औषधिको व्यवस्था गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालले जानकारी दिए ।

दोलखाको तामाकोशी गाउँपालिकाले अधिल्ला वर्षमा असल छोरीबुहारी सम्मान, सुकुम्बासीलाई जग्गा दानजस्ता काम गर्दै आएको छ । हरेक नागरिकलाई स्थानीय सरकारको महसुस हुने गरी शैक्षिक, स्वास्थ्य, कृषि सामाजिक क्षेत्रमा विशेष योजना बनाई गाउँपालिका अघि बढिरहेको पालिका अध्यक्ष पोखरेलले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *