जोडिनुहोस
  • होमपेज
  • रंगशाला महायज्ञमा धार्मिक सद्भावः बौद्ध भिक्षुले भोलि समापन गर्ने

रंगशाला महायज्ञमा धार्मिक सद्भावः बौद्ध भिक्षुले भोलि समापन गर्ने

चितवन, माघ २६-

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक संकलन गर्न गरिएको धनधान्याचल महायज्ञमा सबै जातजाति र धर्मका मानिसहरु सहभागी भएका छन् ।

विभिन्न धर्म र संस्कृतिको सहभागिताले धार्मिक सद्भाव र एकता बढाउँदै गएको महायज्ञ आयोजक समितिका पदाधिकारीहरु बताउँछन् । महायज्ञ मूल समारोह समितिका संयोजक प्रदेश सांसद विजय सुवेदीले हरेक दिन विभिन्न धर्म र जातजातिका मानिसहरु रंगशाला महायज्ञमा दानमा आउनाले राष्ट्रिय एकता र जातीय सद्भावलाई बलियो बनाएको विचार राखे । महायज्ञको उद्घाटन पनि हिन्दू र बौद्ध परम्पराअनुसार गरिएको थियो भने भोलिको समापनमा पनि राजकीय बौद्ध बिहार लुम्विनीका प्रमुख भिक्षु सागर धम्म भन्ते प्रमुख अतिथि रहने उनले बताए । सांसद सुवेदीले भने, ‘ भगवान गौतम बुद्धको नाममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएकोले पनि नेपालको आफ्नै मौलिक धर्मको रुपमा सर्वधर्मको सहभागिता गराइएको छ ।’ रंगशाला धानधान्याचल तथा धार्मिक महोत्सवमा सबैधर्म, सबै जात र सबै राजनीतिक दलको सहभागिता रहेको बताए । रंगशालामा दानको लागि पनि विभिन्न मुस्लिम, इसाई, बौद्ध, हिन्दू धर्म र जातका नागरिकहरु पुगेका थिए ।

महायज्ञमा जो कोही समूहको भक्तजन आए पनि मञ्चमा लगेर हिन्दू परम्पराअनुसार सम्मान गर्नाले छुवाछुत र जातीय विभेद पनि हट्दै गएको देखिन्छ । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ राष्ट्रिय एकतालाई प्रतिविम्वित गर्ने गरी सबै जिल्लाका कक्षहरु रंगशालामा बनाइने भएकोले पनि सबै जात र धर्मको सहभागिता अनिवार्य भएको बताए । हिन्दू धर्मको नाममा जेजस्तो विभेद र असमानता रहेको भनिए पनि पछिल्लो समयमा यस्ता महत्वपूर्ण महायज्ञ र धानधान्याचलमा सबैको सहभागिता बढ्नु सकारात्मक विषय हो ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सवको भोली समापन गरिनेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका