जोडिनुहोस
  • होमपेज
  • रंगशालामा महायज्ञः व्यवसायी गौलीद्धारा १ करोड १२ लाखको जग्गा दान

रंगशालामा महायज्ञः व्यवसायी गौलीद्धारा १ करोड १२ लाखको जग्गा दान

चितवन,माघ २६-

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा जग्गा व्यवसायी बामदेब गौलीले व्यक्तिगत सबैभन्दा धेरै दान गरेका छन् । उनले १ करोड १२ लाख बाराबरको जग्गा दान गरेका हुन् ।

भरतपुर महानगरपालिका ११ मा रहेको ७२ लाख बराबरको जग्गा र रत्ननगर नगरपालिका १० जमुनापुरमा रहेको ४० लाख बराबरको जग्गा उनले दान गरेको बाग्मती प्रदेशका सांसद तथा धनधान्याचल महोत्सव संयोजक विजय सुवेदीले जानकारी दिए । व्यक्तिगत रुपमा दान गर्ने दातामध्ये गौलीले सबैभन्दा धेरै रकम बराबरको दान गरेको उनले बताए । गौलीलाई समापनको दिन बिशेष सम्मान गरिने आयोजकले जनाएको छ । आज (आइतबार) आठौं दिन पनि धनधान्याचल महोत्सव स्थलमा सहभागि जनाउने र दान गर्ने दाताहरुको उल्लेख्य सहभागिता रहेको छ ।

शनिवारसम्म ३० करोड बढि आर्थिक संकलन भइसकेको छ । आयोजकले ५० करोड आर्थिक संकलन गर्ने लक्ष्यका साथ महोत्सव संचालन गरेको हो ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सवको भोली समापन गरिनेछ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

एक प्रतिक्रिया on “रंगशालामा महायज्ञः व्यवसायी गौलीद्धारा १ करोड १२ लाखको जग्गा दान

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका