जोडिनुहोस
  • होमपेज
  • चितवन प्रिमियर लिगः सौराहालाई आजको खेल जित्नै पर्ने दबाब

चितवन प्रिमियर लिगः सौराहालाई आजको खेल जित्नै पर्ने दबाब

चितवन,माघ २१-

नारायणगढको क्याम्पाचौरमा जारी प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिगमा आज (मंगलबार) पनि दुई खेल हुँदैछ । आजहुने पहिलो खेलमा सन्तोष न्यौपानेको कप्तानीमा रहेको सौराहा स्याण्ड्स र संघर्ष पौडेलको राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज आमुने सामुने हुँदैछन् । सुरिवाती दुबै खेल गुमाएको सौराहालाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

दुई खेल नै गुमाएर अंक बिहिन हुँदै तालिकाको पुछारमा रहेको सौराहालाई टप ३ भित्र रहन आजको खेल जित्नै पर्नेछ । आज पराजित भए सौराहा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्नेछ । उता भरतपुर आजको खेलमा जीत हात पार्दै टप ३ मा आफ्नो स्थान बलियो बनाउने योजनामा रहेको छ । ३ खेल खेलेको भरतपुर २ जीत र एक हारबाट ४ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यस्तै आज दिउँसो शिर्ष स्थानको राप्ती ¥यापिड्स र तेस्रो स्थानको इच्छाकामना वारीयर्स भिड्नेछन । दुबै टोली आज जीत निकाल्दै शिर्ष ३ मा स्थान बलियो बनाउने योजनामा रहेका छन् । दुई खेल खेलेको राप्ती शत प्रतिशत जीतका साथ शिर्ष स्थानमा रहदा समान खेल खेलेको इच्छाकामना २ अंकको साथ तेस्रो स्थान रहेको छ । प्रतियोगिताको शिर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । दोस्रो र तेस्रोमा रहनेले इलिमिनेटर खेल्नेछ र बिजेता फाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको विजेताले रु दुईलाख सहित ट्रफी प्राप्तगर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ ।यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदिम्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका