जोडिनुहोस
  • होमपेज
  • सुनिताले जन्माइन एकै पटक चार शिशु

सुनिताले जन्माइन एकै पटक चार शिशु

काठमाडौँ माघ २-

पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीय एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले बिहीबार बिहान शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । डा. महेन्द्र पाण्डेको नेतृत्वमा उनले सकुशल सबै सन्तान जन्म दिएकी अस्पतालको पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिए ।

पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १.६, दोस्रो छोरा १.३, तेस्रो छोरी १.३ र चौथो छोरी १.४ किलो तौलका रहेका छन् । डाक्टर पाण्डेका अनुसार अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको छ ।

तौल कम भएकाले सबै शिशुलाई सघन कक्षमा राखिएको बताइएको छ । यसअघि पौडेलका एक छोरा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका