जोडिनुहोस
मङ्लबार, फाल्गुन १८, २०७७
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • एक वर्षअघि सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने चितवनका रुचाल प्रक्राउ

एक वर्षअघि सार्वजनिक बसभित्र अश्लिल हर्कत गर्ने चितवनका रुचाल प्रक्राउ

काठमाडौं पुस,२९-

एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको ‘बसकाण्ड’मा संलग्न युवकलाई पक्राउ गरी प्रहरी आज सार्वजनिक गरेको छ

चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ चितवनबाट पक्राउ गरिएका उनलाई काठमाडौं ल्याइएको छ ।

प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य पारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरुमा समेत अपलोड भएको थियो।

घटनामा संलगनलाई कारबाही गर्न माग भएपनि कोही पक्राउ परेका थिएनन् । प्रहरीका अनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए ।

तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरे र, उनी २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका