



चितवन,पुस २२-
इच्छाकामना गाउँपालिकाले राजमार्ग क्षेत्रको सरसफाइ अभियानलाई तीब्र बनाएको छ । इच्छाकामना गाउँपालिकाभित्र पर्ने केन्द्रीय राजधानी काठमाडौँ भित्रिने मुख्य राजमार्ग पृथ्वीराजमार्गमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा मुख्यराजमार्गमै फोहर देखिँदा नकरात्मक सन्देश जाने भएकाले पनि सरसफाइ अभियानलाई विशेष जोड दिइएको अध्यक्ष गुरुङले बताउनुभयो ।
अध्यक्ष गुरुङले भन्नुभयो, “हामीले फोहर व्यवस्थापनमा विशेष जोड दिएका छौँ, यो देशकै मुख्य राजमार्ग क्षेत्र भएकाले यहाँको फोहर देख्दा नकरात्मक सन्देश जान्छ, त्यसले हामीले सरसफाइलाई प्राथमिकतामा राखेका छौँ ।” इच्छाकामना गाँउपालिकाको राजमार्ग क्षेत्र र मुग्लिन, कुरिनटार, लेवाटार, केवलकार, मौवाखोला, फिस्लिङ, चुम्लिङटार, कुरिनघाटलगायतका क्षेत्रमा सरसफाइ अभियन सञ्चालन शुरु गरिएको छ । भ्रमण वर्षलाई लक्षित गरी सरसफाइ समितिसमेत गठन गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाबाट समुद्री सतहदेखि एक हजार ९४५ मिटरको उचाइमा रहेको बिहान सूर्य उदाएको मनोरम दृश्य देख्न सकिने जिल्लाकै अग्लो भूमि सिराइचुली, पुरानो सुदरमुकाम ऐतिहासिक उपर्दाङगढी, जलबिरे लामो झरना, इच्छाकाममना मन्दिर, बालगौरी मन्दिर, त्रिशूली नदीमा ¥याफ्टिङ, मनकामना मन्दिर जानका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबलकार मनकामना केबलकारको (बटम स्टेशन) प्रवेशद्वारलगायतका महत्वपूर्ण पर्यटकीयस्थल छन् । रासस