जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको असनमा भिषण आगलागी,आगो निभाउन ४ दमकल प्रयोग

काठमाडौंको असनमा भिषण आगलागी,आगो निभाउन ४ दमकल प्रयोग

काठमाडौं,पुस १८-

काठमाडौंको असनमा एउटा घरमा आगलागी भएको छ । शुक्रबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ । काठले बनेको उक्त घरमा ठूलो आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका