जोडिनुहोस
  • होमपेज
  • गैंडा मर्नुको कारणबारे अनुसन्धान गर्न सभापति रावलको माग

गैंडा मर्नुको कारणबारे अनुसन्धान गर्न सभापति रावलको माग

चितवन,पुस १४-

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ चितवन राष्ट्रिय निकुन्जमा गैडाको मृत्युदर बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । आजको बैठकमा बोल्दै सभापति रावलले एक बर्षका अवधिमा विभिन्न कारणले ४५ एकसिङ्गे गैडाको मृत्यु हुनु दुःखद भएको बताइन् । उनले भनिन्,‘चोरी सिकारी नियन्त्रणमा सफलता प्राप्त हुँदै गएपनि पछिल्लो समय विभिन्न कारणले गैडा मर्नु गम्भिर चिन्ता,चासो र सरोकारको विषय हो । ’

उनले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा हेर्नकै लागि पर्यटकहरु आउने भन्दै संरक्षणमा बिशेष चासो दिनुपर्ने बताइन् । रावलले गैडा मर्नुको कारणबारे अनुसन्धान हुनुपर्ने माग गरिन् । ‘गैडाको उमेर र एक आपसमा जुधेर मरेको भनिएको छ,उनले भनिन्, सबै कारण यही नहुन सक्छ ।’ उनले गैडाको मृत्युको कारण खोज्न सबै सरकार र संरक्षणकर्मी लाग्नुपर्ने बताइन् ।

सभापति रावलले गैडामा गम्भिर खालको रोग पनि हुनसक्ने भन्दै त्यसबारे अध्ययन अनुसन्धान हुनुपर्नेमा जोड दिइन् । उनले निकुन्जमा पशु चिकित्सको सङख्या बढाउन समेत माग गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका