जोडिनुहोस
  • होमपेज
  • चितवनका एसपी दानबहादुर मल्लको सरूवा रोकियो

चितवनका एसपी दानबहादुर मल्लको सरूवा रोकियो

चितवन,पुस ८-

चितवन प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लको सरुवा रोकिएको छ । आफ्नो सरूवा तत्कालका लागि स्थगित भएको मल्लले नारायणी अनलाइनलाई जानकारी दिए । ‘म चितवनको प्रहरी प्रमुख भएको एक बर्षपनि पुगेको छैन्,उनले भने,समयावधि नपुगेकाले सरुवा रोकिएको होला ।’

गत पुस ४ गते मल्लसहित २४ जना एसपीको सरूवा भई चितवनमा गंगा पन्त आउने सूचि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । तर सरुवाबारे आफूलाई कुनै पत्र प्राप्त नभएको मल्लले बताए । उनि चितवनमा प्रहरी प्रमुख भएर आएपछि चर्चित काण्डहरु घटेका छन् । मल्लले विभिन्न काण्ड समाधान गर्न र जिल्लाको सुरक्षा व्यवस्था मजबुत गराउन आफू सफल भएको जिकिर गरे । चितवन संवेदनशिल जिल्ला रहेको र यहाँको सुरक्षा व्यवस्था बलियो बनाउन आफू सक्षम रहेको उनको तर्क छ ।

लामो समय नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा गार्डको रुपमा काम गरेका मल्ललाई प्रचण्डको दबाबमा सरुवा रोकिएको प्रहरी स्रोतले बतायो । अर्कोतर्फ एसपी गंगा पन्त चितवनमा पहिलो महिला प्रहरी प्रमुखका रुपमा आउने भने पनि उनको आगमन अनिश्चित भएको छ । केही वर्षअघि फेसबुक स्टाटसमा प्रचण्डलाई गलत अर्थ लाग्ने कमेन्ट गरेको प्रसङ्ग मिडियाहरुमा छताछुल्ल भएपछि पन्त विवादितसमेत बनिन् । एसपी मल्लको ठाउँमा पन्तभन्दा पनि अर्को प्रहरी प्रमुख आउने तयारी रहेको बुझिएको छ । मल्ल थप दुई महिना चितवनमै एसपीको भूमिकामा रहने वातावरण बनेको प्रहरी स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका