जोडिनुहोस

Banner

सिन्धुपाल्चोक, मंसिर २९

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।दुर्घटनामा १८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।
प्रधान कार्यालयका अनुसार घटनास्थलमा ८ महिला, तीन जना पुरूष, एक जना बालिका र दुई बालक गरी १४ जनाको शव फेला परेको हो।
प्रहरी चौकी लामोसाँघु, इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले घटनास्थलमा भेटिएका १८ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाएको छ।
मृतकहरूको सनाखत भइसकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *