



चितवन, मंसिर १९–
अमरदीप महिला उत्थान बचत तथा क्रृण सहकारी संस्था लि.ले विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको छ ।
१३औं स्थापना दिवसको अवसरमा आज (बिहीबार) एक कार्यक्रमकाबीच भरतपुर–११ स्थित नवजागृती राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरेको हो ।
संस्थाले विद्यार्थीको पठनपाठनमा सहज बनाउन स्टेशनरी सामग्री सहयोग गरिएको जनाएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरेर उदाहरणीय कार्य गरेको स्कुलकी प्रधानाध्यापक राधा अधिकारीले बताइन् । यस्ता शैक्षिक गतिविधिले समाजमा शैक्षिकस्तर उकास्न ठूलो सहयोग पुगेको उनले बताइन् ।
यसका साथै देवघाटको कन्या गुरुकुल रामजानकी बालिका आश्रममा आश्रित रहेका बालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ । आश्रममा हाल ३५ जना बालिका रहेका छन् । सो अवसरमा संस्थापक अक्ष्यक्ष, कर्मचारी, सन्चालक समितिका पदाधिकारी, संयोजक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष ईश्वरी प्रधानको अध्यक्षता सम्पन्न भएको हो ।