Uncategorized
तेह्राँ साग : पुरुष भलिबलको स्वर्ण भारतलाई
०

काठमाडौँ, मङ्सिर १७-
तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग०अन्तर्गत पुरुष भलिबलको स्वर्ण भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई ३–१ ले हराउँदै भारतले स्वर्ण जितेको हो । पहिलो सेट पाकिस्तानले २५–२० अङ्कले जितेको थियो । त्यसपछि भारतले लगातार तीन सेट जित्यो । भारतले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१७ तथा चौथो सेट २९–२७ अङ्कले जितेको हो ।
अहिले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्ड हलमा महिला भलिबलतर्फ स्वर्ण पदकका लागि नेपाल र भारतबीच खेल भइरहेको छ । उक्त खेलको उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गर्दैछन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>