जोडिनुहोस

Banner

चितवन,मंसिर १७-

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको सरुवा भएको छ । गृहमन्त्रालयले बस्नेत सहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको हो । बस्नेतलाई जिप्रका पर्सा सरूवा गरिएको मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत नारायण प्रसाद भट्टराई जिप्रका चितवन आउने भएका छन् ।

यस्तै नारायण प्रसाद भट्ट, हुमकला पाण्डे, डिजन भट्टराई र लक्ष्मण बहादुर खड्काको पनि सरुवा भएको छ । जिप्रका भक्तपुरमा कार्यरत भट्टलाई मकवानपुर, भने पाण्डेलाई जिप्रका भक्तपुर सरूवा गरिएको छ। त्यसैगरी जिप्रका लमजुङमा कार्यारत डिजन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थान सरूवा गरिएको छ भने अध्यागमन कार्यालय त्रिअविका खड्का जिप्रका लमजुङ सरूवा भएका छन्।

गृहले मंगलबार सूचना जारी गर्दै छ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *