जोडिनुहोस
alt
  • होमपेज
  • त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास

त्रियुगा र चौदण्डीमा जङ्गली हात्तीको त्रास

गाईघाट,  मङ्सिर १६-

उदयपुरको त्रियुगा नगरपालिका चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेपछि यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् ।

त्रियुगा नगरपालिका–१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका सीताराम कार्कीले बताए । स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगँैचामा समेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताए ।

जोगिदहमा पनि रातिको समयमा हात्ती प्रवेश गरेर गाउँघरको धानबाली नष्ट गर्ने र घरवरिपरिका बगँैचाहरु नष्ट गर्न थालेको जोगिदहका स्थानीयवासी भगेन्द्र चौधरीले बताए ।
डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल शुरु गरेकोे बताएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका