जोडिनुहोस

Banner

बागलुङ,मंसिर १५-

जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश ख मा भएको उपनिर्वाचनको मतगणना प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । मध्यान्हदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भित मत परिणाम अनुसार ढोरपाटन नगरपालिका १ बुर्तिबाङको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनले ५ सय २५ मत प्राप्त गरेका छन् ।

बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले ३ सय ८६ मत प्राप्त गरेका छन् । समाजवादी पार्टीका अशोक विकले ७०, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *