जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • कास्कीमा विद्याको अग्रता कायमै , दोब्बर मतले अगाडि

कास्कीमा विद्याको अग्रता कायमै , दोब्बर मतले अगाडि

 पोखरा मंसिर,१५-

कास्की–२ मा सुरुदेखि नै ‘लिड’ गरेकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्‍याएकी छन् ।

जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् ।

कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।

अहिले वडा नं। १६ को मतगणना भइरहेको छ । गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका